Skip to content

प्रधानमन्त्री कार्की र महासंघका अध्यक्ष ढकालबीच भेट, के भयो छलफल ?

nabil bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री सुशिला कार्की समक्ष भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष ढकालले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले निर्वाचन सम्पन्न गराएको तथा चुनावी सरकारलाई सुम्पिएको महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी सफलतापूर्वक पूरा गरेकोमा निजी क्षेत्रको तर्फबाट बधाई तथा धन्यवाद व्यक्त गरेको जनाएका छन् ।

भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले पुर्‍याएको रचनात्मक सहयोगको प्रशंसा गरेको ढकालको भनाइ छ ।

भेटका क्रममा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा समृद्ध नेपालको यात्रालाई तीव्र बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको ढकालले जानकारी गराए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi