Skip to content

क्यासिनोमा जुवा खेल्ने, खेलाउने १४ नेपाली पक्राउ

nabil bank

काठमाडौं । प्रहरीले क्यासिनोहरूमा हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जना नेपाली नागरिकलाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यकामा रहेका क्यासिनोहरूमा नेपाली नागरिकहरूले हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यहरू गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, “काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित रहेको लेमन ट्री होटलभित्र रहेको ग्राउन्ड क्यासिनोबाट १३ जना र काठमाडौँ महानगरपालिका–१४ सोल्टीमोडस्थित रहेको क्यासिनो महजोङबाट एक जना समेत गरी जम्मा १४ जनालाई पक्राउ गरिएको हो ।”

पक्राउ परेकाहरूको साथबाट प्रहरीले नगद एक लाख ९० हजार, विभिन्न कम्पनीको मोबाइल १४ थान, नक्कली भारतीय आधार कार्ड मिलन प्रधान नाम गरेको एक थान, सवारी चालक अनुमति पत्र दुई थान, नक्कली भारतीय भोटर कार्ड एक थान, सिसी क्यामेराको डिभिआर तीन थान तथा नेपाली खेलाडीले विभिन्न मितिमा नेपाली नगद साटेको ईन्ट्री बुक एक थान बरामद गरेको प्रवक्ता भट्टराईले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi