काठमाडौं । प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डंगोल पक्राउ परेका छन् ।
बैंकिङ कसूर मुद्दामा उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार बैंकिङ कसूर सम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा संकलित तथ्य प्रमाण तथा विज्ञ टोलीको विश्लेषणपछि उनलाई पक्राउ गरिएको हो ।
उनीमाथि नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानुनविपरीत कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप छ ।
ललितपुर महानगरपालिका–२७ का स्थायी बासिन्दा ५० वर्षीय डंगोललाई उच्च अदालत पाटनको अनुमति लिएर काठमाडौँको थापाथलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।











प्रतिक्रिया दिनुहोस्