काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले सांसदको रुपमा तलब–भत्ता तथा अन्य सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
रास्वपाले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
“तलब–भत्ता, सुविधा केही लिन्नँ । सरकारी गाडी पनि चढ्दिनँ,” उनले भने, “आफ्नै गाडी छ, त्यही चढ्छु । सक्षम छौँ, किन लिनुपर्यो ?”











प्रतिक्रिया दिनुहोस्