Skip to content

पार्टीका सांसदहरुलाई आपसी खिचातानीमा नअल्मल्लि जिम्मेवारी निभाउन रास्वपा उपसभापति अर्यालको निर्देशन

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले सांसदहरुलाई आपसी खिचातानीमा नअल्मल्लिएर जिम्मेवारी निभाउन निर्देशन दिएका छन् ।

आजदेखि सुरू भएको नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताए ।

उपसभापति अर्यालले आफुहरूका हरेक गतिबिधिलाई जनताले हेरिरहेको भन्दै इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले सबै नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी निभाउन तयार हुन आग्रह गरेका छन् ।

“नागरिकलाई महसुस हुने गरी काम गर्ने सरकार गठन गरेर भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ, लामो समयदेखि देशको बागडोर सम्हालेका राजनीतिक दलले गरेको गलत क्रियाकलापले अहिलेको परिणाम आएको हो, यसले हाम्रो पार्टी र जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाएको छ,” उनले भने ।

उनले जनादेशपछि जनताको अपेक्षाअनुसार अब बन्ने सरकारले काम गर्ने बताए । उनले जनताले रास्वपालाई अति मन पराएर मात्र मत नदिएको भन्दै विगतमा पुराना दलले गरेको कामबाट निराश भएर तथा वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेप्रति जनताले देखाएको विश्वास समेत रहेको उल्लेख गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi