काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) को आज बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओको बाँडफाँड आज बिहान ८ः३० बजे गरिने छ ।
कम्पनीले फागुन १७ देखि २६ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता सेयर निष्काशन गरेको थियो ।
आईपीओमा २७ लाख ६७ हजार ११४ जनाले आवेदन दिएका छन् । आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।
कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँको ३२ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ ।
समा ९ लाख ८० हजार कित्ता साधारण सेयर वातावरणी प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि, २ लाख २२ हजार कित्ता साधारण सेयर श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि र १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीका लागि ४४ हजार ४०० कित्ता छुट्याएर बाँकी रहेको १८ करोड ४२ लाख ६० हजार रुपैयाँको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको छ ।











प्रतिक्रिया दिनुहोस्