Skip to content

शिखर पावरको आईपीओ बाँडफाँट

nabil bank

काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँट गरेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो । १ लाख ८४ हजार २६० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीले फागुन १७ देखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ४२ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

आईपीओमा २६ लाख ८७ हजार ३४७ जनाले २ करोड ८८ लाख १६ हजार ९९० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमा २६ लाख ५० हजार ८४७ आवेदन स्वीकृत भएको छ भने ३६ हजार ५०० आवेदन रद्द भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi