काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको कसुर फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा परेको छ ।
आज न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा रहेको रिट हेर्दाहेर्दैमा रहेको छ ।
अब रिटमाथिको अर्को सुनुवाइ चैत ५ गते हुनेछ । महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते अभियोगपत्र संशोधन गरेकी थिइन् । त्यसको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र अभियन्ता युवराज सफलले सर्वोच्चमा रिट दायर गरेका थिए ।











प्रतिक्रिया दिनुहोस्