Skip to content

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज

nabil bank

काठमाडौं । एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ । आगामी १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल इभीमा अपग्रेड हुने सबैभन्दा उत्तम समय हुनेछ ।

मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरुको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधा प्राप्त गर्नेछन् ।

नेपालमा दिगो यातायाततर्फको रुपान्तरण तीव्र बन्दै गइरहेको अवस्थामा एमएडब्लु वृद्धि नविन तथा ग्राहक केन्द्रित पहलमार्फत इभीको स्वामित्वलाई सहज बनाउन प्रतिबद्ध रहेको छ । बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना तथा आकर्षक एक्सचेन्ज सुविधाका कारण यो कार्निभल इभीमा अपग्रेड गर्ने सबैभन्दा उपयुक्त अवसर बनेको छ ।

काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिनेछ । उपत्यकाबाहिर भने यो कार्यक्रम दिपल, नामी तथा सेरेसका सम्बन्धित सोरुमहरुमा आयोजना हुनेछ जसले देशभरका ग्राहकलाई यो अभुतपूर्व अवसरको फाइदा उठाउन सहज बनाउनेछ ।

यी आकर्षक अफरहरुका अतिरिक्त कार्यक्रमा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल तथा खानाको स्टलहरु जस्ता मनोरञ्जनात्मक गतिविधिहरु पनि समावेश गरिनेछ जसले सम्पूर्ण परिवारका लागि रमाइलो र अन्तरक्रियात्मक अनुभव प्रदान गर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi