काठमाडाैं । नेपालमा गर्मी बढ्दै जाँदा घरदेखि अफिस र व्यावसायिक स्थानसम्म सहज र सन्तुलित चिसोपनको आवश्यकता अझ महत्वपूर्ण बन्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै सीजी इलेक्ट्रोनिक्सले टिसिएलका उन्नत छतमा जडान हुने स्प्लिट हावाचिस्याउने उपकरण प्रस्तुत गरेको छ । जसले गर्मीका दिनहरूमा आरामदायी र सन्तुलित वातावरण सिर्जना गर्न सहयोग पुर्याउँछ।
छतमा फिट हुने यसको स्मार्ट डिजाइन र आठ दिशामा हावा निस्कने प्रणालीले चारैतिर समान रूपमा हावा वितरण गर्छ। इनभर्टर प्रविधि, अत्यन्त कम आवाज हुने डिजाइन र स्वास्थ्यमैत्री फिल्टर जस्ता सुविधाले ऊर्जा बचत, शान्त सञ्चालन र स्वच्छ हावा सुनिश्चित गर्छन्। साथै भित्रै जडान गरिएको पानी निकाल्ने पम्प, एलईडी प्रदर्शन, टाढाबाट नियन्त्रण गर्ने उपकरण, समय मिलाउने सुविधा र बत्ती गएपछि पनि पुरानै सेटिङ सम्झने सुविधा जस्ता विशेषताहरूले प्रयोगलाई अझ सहज बनाउँछन्।
यी एसी १ टन, १.५ टन, २ टन, ३ टन र ४ टन क्षमतामा उपलब्ध छन्, जसले अफिस, होटल, बैंक, रेस्टुरेन्ट तथा ठूला स्थानहरूका लागि प्रभावकारी समाधान प्रदान गर्छन्। नेपालमा टिसिएल ब्रान्डका छतमा जडान हुने तथा भित्तामा जडान हुने प्रकारका एसीहरू चिसोपनका लोकप्रिय विकल्पका रूपमा प्रयोग हुँदै आएका छन्। साथै लुगा धुने मेसिन, पानी चिस्याउने तथा तातो बनाउने उपकरण, फ्रिज तथा टेलिभिजन र ध्वनि प्रणाली जस्ता टिसिएल ब्रान्डका घरेलु उपकरणहरू पनि दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएका छन्।
सीजी इलेक्ट्रोनिक्स नेपालमा टिसिएल ब्रान्डको आधिकारिक वितरक तथा निर्माता कम्पनीका रूपमा परिचित छ। कम्पनीले गुणस्तरीय उत्पादन र भरपर्दो सेवामार्फत नेपाली ग्राहकहरूको जीवनशैलीलाई अझ सहज र आधुनिक बनाउँदै आएको छ।











प्रतिक्रिया दिनुहोस्