काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह देखिएको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ बिन्दुमा पुगेको छ । आज सेयर बजार २.२९ प्रतिशत बढेको हो ।
सेयर बजारसँगै आज कारोबार पनि उत्साहजनक देखिएको छ । १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएकोमा आज २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहकै सेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै विकास बैंकतर्फको उपसमूहको सेयर मूल्य उकालो लागेको छ । यस उपसमूहको सेयर मूल्य करिब ४ प्रतिशत बढेको छ । बाँकी उपसमूहहरूको सेयर मूल्य १ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज कारोबारमा आएको २४० कम्पनीको सेयर मूल्य उकालो लागेको छ । कारोबारमा आएको २२ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य यथावत् रहेको छ। आज ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स र सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ ।
यसैगरी, सान्जेन जलविद्युत कम्पनीको सेयरमूल्य ८ प्रतिशत बढेको छ। आज नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमूल्य यस दिन सर्वाधिक ५.१२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर उच्च स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६७ करोड १६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको करिब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको कारोबार रकम साढे ६२ करोड रुपैयाँ नाघेको छ।











प्रतिक्रिया दिनुहोस्