Skip to content

चुनावमा ५ अर्ब ३७ करोड खर्च, एक मतदाताकाे भागमा कति?

nabil bank

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम खर्च विवरण सार्वजनिक गरेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा कुल ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ ।

आयोगले निर्वाचन प्रयोजनका लागि ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेको थियो। तर, अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको मात्र स्रोत सहमति प्राप्त भएको थियो । प्राप्त सहमति मध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख रुपैयाँ वास्तविक खर्च भइसकेको र भुक्तानी गर्न बाँकी दायित्वहरू समेत जोड्दा कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ पुग्ने आयोगले जनाएको छ।

निर्वाचन खर्चलाई विश्लेषण गर्दा प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको देखिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi