Skip to content

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

nabil bank

काठमाडौं । जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ ।

काठमाडौंको बौद्धस्थित होटल तिब्बतमा तीन दिन (चैत ६, ७ र ८ गते)सम्म ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको हो । ‘ट्रेड अप टुडे, ड्राइभ एक्सेलेन्स टुमोरो’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा ग्राहकहरूलाई जुनसुकै ब्रान्डका पुराना गाडी साट्दा बजारमा प्रचलित दरभन्दा उच्च मूल्यांकन प्रदान गर्ने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ‘यस कार्यक्रमले नेपालमा विद्युतीय गाडीको भविष्यलाई थप सुनिश्चित बनाउन नयाँ आयाम थप्ने विश्वास लिएका छौँ, यसका साथै प्रविधिमैत्री तथा स्वच्छ वातावरणका लागि हामी सधैँ प्रतिबद्ध छौँ।’

कम्पनीका अनुसार प्रोटोन ईमास–७ ले १६० किलोवाट क्षमताको मोटर, १८० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स तथा ४९२ देखि ५८५ किलोमिटरको एनईडीसी रेन्ज रहेको छ । आधुनिक सुरक्षा प्रविधि र आकर्षक प्रिमियम डिजाइन सुविधासहितको यो गाडीको लम्बाइ ४६१५ एमएम रहेको छ ।

कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूले विशेष नगद लाभ, फाइनान्समा सहजता, एक वर्षको निःशुल्क सडक दस्तुर र एक वर्षको बीमा जस्ता सुविधाहरू पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुने र गाडी बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष उपहारको व्यवस्थासमेत कम्पनीले गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi