काठमाडौं । आइतबार सुन–चाँदीको मूल्यमा भारि गिरावट आएको छ। आइतबार सुनको मूल्य तोलाको १२ हजार ५०० रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सुनसंगै आज चाँदीको मूल्य पनि घटेको छ ।
नेपाल सुन–चाँदी व्यवासायी महासंघका अनुसार आज आँदीको मूल्य तोलाको ३५५ रुपैयाँ घटेर ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।











प्रतिक्रिया दिनुहोस्