Skip to content

पोखरा विमानस्थल भ्रष्टाचारः तत्कालीन सचिव अधिकारीसहितका प्रतिवादीसंग ४६ करोड बिगो दाबी

nabil bank

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो । अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै पोखरा विमानस्थल निर्माणमा राजस्व छुटलगायतका विषयमा अनुसन्धान भइरहेको र छिट्टै मुद्दा दायर हुने भनि विवरण पेस गरेको थियो ।

अख्तियारले ४६ करोड, १५ लाख, ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ । अन्य प्रमुख प्रतिवादीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतम र राजन पोखरेल, उपमहानिर्देशक महेन्द्र सिंह रावल र निर्देशक स्व. ध्रुवदास भोछिभोया रहेका छन्।

त्यस्तै, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी र बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, उपनिर्देशक प्रवीण न्यौपाने, अधिकृत राजाराम चौधरी, उपप्रबन्धक हिमज्योती थापा, वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, लेखा अधिकृत÷उपप्रबन्धक प्रमोद नेपाल र सविन फुयाल पनि प्रतिवादी छन्। थप रूपमा, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी पनि यस सूचीमा पर्दछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi