काठमाडौं । प्रभु बैंकले ‘स्मार्ट मनी टल्क भन्ने मूल नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ अन्र्तगत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले सातै प्रदेशमा २०० भन्दा बढी शाखाहरु मार्फत बिभिन्न स्थानहरुमा साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति वित्तीय साक्षरता, बालबालिका र युवालक्षित चेतनामूलक तथा प्रभातफेरी कार्यक्रमहरु आयोजना गरेकोे छ ।
बैंकले स्मार्ट मनी टल्क भन्ने विषयवस्तुमा केन्द्रित भई विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोे छ ।
बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिबृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सातै प्रदेश अन्र्तगत वित्तीय साक्षरता कार्यक्रम अगाडि बढाएको छ ।
बैंकले बागमती प्रदेशका ४७ शाखा, गण्डकी प्रदेशका ५२ शाखा, लुम्बिनी प्रदेशका १६ शाखा, कोशी प्रदेशका ३९ शाखा, मधेश प्रदेशका २९ शाखा, कर्णली प्रदेश–१४ शाखा र सुदुरपश्चिमका १९ शाखाहरुबाट कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ ।
बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।











प्रतिक्रिया दिनुहोस्