एसोसिएटको भाइस प्रेसिडेन्टको क्यान्डिडेट, म एक उद्योगी।
४६ सालपछि आर्थिक उदारीकरण देखेको उद्योगीमध्ये म एक उद्योगी।
१२ वर्षे माओवादी जनयुद्ध देखेको उद्योगीमध्ये म एक उद्योगी।
तराई आन्दोलनमा पनि उद्योग गरेको उद्योगीमध्ये म एक उद्योगी।
६२–६३ को आन्दोलनको साक्षी उद्योगीमध्ये म एक उद्योगी।
र हालैको जेन्जी आन्दोलनको भोलिपल्टैबाट उद्योग सञ्चालन गर्नुपर्छ भनेर
जुरुक्कै उठेको उद्योगीमध्ये म एक उद्योगी।
औषधिको मूल्य समायोजन गर्दा वैज्ञानिक विधि अपनाउने विषयको मुद्दा अदालतमा
विचाराधीन हुँदाहुँदै राज्यको धरपकडमा परेको दुई उद्योगीमध्ये म एक उद्योगी।
उद्योगमा माओवादीको धम्की र प्रतिष्ठानमा तोडफोड भएको उद्योगीमध्ये म एक उद्योगी।
नियमभित्र रहेर खानी सञ्चालन गर्दागर्दै मुद्दा भोग्नुपरेको १२ उद्योगीमध्ये म एक उद्योगी।
कुनै एक व्यक्तिको व्यक्तिगत लहडमा जन्माइएको मुद्दामा विगत ७–८ वर्षदेखि
मानसिक तनाव भोगिरहेको ५०औँ उद्योगीमध्ये म एक उद्योगी।
संसारमा कहीँ नभएको न्यूनतम तलब निर्धारण गर्दा सरकारको सामूहिक सौदाबाजी र
प्रतिष्ठान स्तरको दुवै सौदाबाजी मान्न बाध्य उद्योगीमध्ये म एक उद्योगी।
राज्यको गलत तीन खम्बे नीतिको सिकार उद्योगीमध्ये म एक उद्योगी।
तर सधैं आशावादी उद्योगी।
(प्रवलजंग पाण्डे, उद्योग वाणिज्य महासंघको एसोसिएट तर्फ उपाध्यक्षका उम्मेदवार हुन्)












प्रतिक्रिया दिनुहोस्