काठमाडौं । स्नो रिभर्स कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
जसमा कम्पनीले प्रतिसेयर सय रुपैयाँका दरले ९ करोड ३७ लाख ५० हजार रुपैयाँको ९ लाख ३७ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका–८ का स्थानियका लागि ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरीजङ्गा गाउँपालिका–१ देखि ७, सिदिङ्वा गाउँपालिका–५ र ६, पाथिभरा याङवारक गाउँपालिका–५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–१ का स्थानिय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको सेयरबाट ९३ लाख ७५ हजार रुपैयाँको प्रतिसेयर १०० रुपैयाँका दरले ९३ हजार ७५० कित्ता साधारण सेयर श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने लागेको हो ।
आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानियले चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् । उ्रक्त अवधिमा माग अनुसार आवेदन नपरेमा २०८३ बैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १२ गतेसम्म् आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
स्थानियले बिक्री प्रबन्धकका साथै आयोजना स्थल, याम्फुदिन, नेपाल बैंकको सिरी जङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।












प्रतिक्रिया दिनुहोस्