काठमाडौं । कोलम्बियामा वायुसेनाको हरक्यूलिस सी–१३० विमान दुर्घटना हुँदा कम्तिमा ६६ जना सैनिकको मृत्यु भएको छ भने दर्जनौ मानिस घाइते भएका छन् ।
यो दुर्घटना पेरू सीमाना नजिक दक्षिणी अमेजन क्षेत्रको प्यूर्टो लेगुइजामोमा भएको हो । त्यहाँको रक्षा मन्त्रालयले विमान रनवेबाट करिब डेढ किलोमिटर टाढा खसेको जनाएको छ ।
कोलम्बियाली वायुसेनाका प्रमुखका अनुसार विमानमा ११४ सैनिक र ११ जना चालक दलका सदस्य सवार थिए ।
दुर्घटनामा परेको हरक्यूलिस सी–१३० विमान विश्वकै भरपर्दो सैन्य यातायात विमानमध्ये एक मानिन्छ। यसले सैनिक, हतियार र राहत सामग्री ओसारपसार गर्नेदेखि प्राकृतिक विपद्, स्वास्थ्य आपतकाल र अन्य विशेष कार्यमा प्रयोग हुँदै आएको छ।












प्रतिक्रिया दिनुहोस्