Skip to content

सुनको मूल्य १६ सयले घट्यो, चाँदी भने बढ्यो

nabil bank

काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ६०० रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य भने तोलाको ८० रुपैयाँले बढेको छ ।

मंगलबार सुनको मूल्य तोलाको २ लाख ७३ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ र आइतबार २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केहि दिन यता सुनको मूल्य निरन्तर ओरालो लागेको छ ।

यसैगरी, आज चाँदीको मूल्य ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi