Skip to content

नेपालीले ८ महिनामा ४० हजार किलो सिन्काले कोट्याए दाँत, करिब डेढ करोड रकम बाहिरियो

nabil bank

काठमाडौं । नेपालमा दाँत कोट्याउने सिन्का (टुथपिक) को आयात उल्लेखनीय रुपमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा १ करोड ४२ लाख २८ हजार रुपैयाँ बराबरको टुथपिक आयात भएको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालले ४० हजार ५१० किलो टुथपिक आयात गरेको छ । टुथपिक आयातबाट सरकारले यो अवधिमा ५४ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा सबैभन्दा धेरै टुथपिक चीनबाट आयात भएको छ । चीनबाट २८ हजार २४० किलोग्राम टुथपिक र ११ हजार ७४३ किलोग्राम काठको टुथपिक आयात भएको छ ।

यस्तै यसअवधिमा भारतबाट ५० किलोग्राम टुथपिक र २७५ किलोग्राम काठको टुथपिक आयात गरिएको छ । यस्तै थाइल्यान्डबाट २०२ किलोग्राम काठको टुथपिक आयात भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi