काठमाडौं । सुजुकीको एक्सेस १२५ स्कुटरको नयाँ भेरियन्ट नेपालमा बिक्री सुरू भएको छ । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले एक्सेस १२५ स्कुटरको ओबीडी टू भेरियन्ट नेपाल भित्र्याएको हो ।
कम्पनीले एक्सेस १२५ को दुई भेरियन्ट नेपालमा सार्वजनिक गरेको हो । जसमा एक्सेस ड्रम र एक्सेस स्पेशल एडिशन रहेको छ । कम्पनीले ड्रम भेरियन्टको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ र स्पेशल एडिशनको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
नयाँ एक्सेसमा १२४ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक, टु भल्ब, एसओएचसी, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम ८.७ पीएस पावर तथा १०.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा सीभीटी ट्रान्समिसन सिस्टम, भेरियन्ट अनुसार ड्रमब्रेक र डिस्कब्रेक अप्सन अलोय ह्वील, ट्युबलेस टायर, फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा स्विङआर्म सस्पेन्सन सेटअप, एलईडी लाइट, कलरफुल डिजिटल डिस्प्ले लगायतका फिचरहरू छन् ।
स्कुटरमा कनेक्टिभिटी सिस्टम सहितको डिस्प्ले र एलईडी हेड्ल्याम्प छ । साथै, टर्न बाइ टर्न नेभिगेसन, ५.३ लिटरको फ्युल ट्याकं, २४.४ लिटरको अण्डर सिट स्टोरेज छ ।












प्रतिक्रिया दिनुहोस्