Skip to content

निर्जीवन बीमा कम्पनीले ८ महिनामा ३१ अर्बभन्दा धेरै व्यवसाय गरे, अग्रस्थानमा शिखर

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ३ अर्ब रुपैयाँभन्दा धेरैको व्यवसाय गरेका छन् । चालु आर्थिक वर्षको ८ महिनामा बीमा कम्पनीहरुले १७ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका हुन ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनासम्म आउँदा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्न सफल कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले सो अवधिसम्म ४ अर्ब ३८ करोड ५४ लाख २५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २० करोड ८५ लाख ९५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स २ अर्ब ७९ करोड २१ लाख १९ हजार, आइजिआई प्रुडेन्सियल २ अर्ब ६८ करोड ४७ लाख ५३ हजार र एनएलजी इन्स्योरेन्स २ अर्ब ५३ करोड २५ लाख १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड ५४ लाख ८३ हजार रुपैयाँ संकलन गरेको छ । युनाईटेड अजोडले १ अर्ब ९६ करोड रुपैयाँ र दि ओरियन्टलले १ अर्ब ९४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

यसैगरी, सानिमा जिआईसीले १ अर्ब ७८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ४९ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ८६ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi