काठमाडौं । चालु आर्थिक महिनाको ८ महिनासम्म आउँदा जीवन बीमा कम्पनीहरूले सवा १ खर्ब रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन ।
हाल सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १ खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन । फागुन मसान्तसम्ममा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्न सफल बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले फागुन मसान्तसम्म आउँदा ३२ अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
यसैगरी, सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने दोस्रो कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १५ अर्ब २१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।
यसैगरी, तेस्रोमा एलआईसी नेपाल रहेको छ । यस कम्पनीले १३ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। हिमालयन लाइफले ११ अर्ब ७१ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीको ८ अर्ब ७४ करोड रुपैयाँ, सूर्यज्योति लाइफको ७ अर्ब ४३ करोड रुपैयाँ, एशियन लाइफको ६ अर्ब ३८ करोड रुपैयाँ र सिटिजन लाइफको ५ अर्ब ३२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।
यसैगरी, सानिमा रिलायन्स लाइफको ४ अर्ब ७६ करोड रुपैयाँ, आइएमई लाइफले ४ अर्ब २८ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब २५ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ९० करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६६ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्