Skip to content

सञ्चार माध्यममा ‘लिक’ भएपछि कार्की आयोगसहित तीन प्रतिवेदन सार्बजनिक गर्दै प्रधानमन्त्री कार्की

nabil bank

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न तीनवटा महत्त्वपूर्ण प्रतिवेदनसहितका दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन् ।

कार्की आयोगको प्रतिवेदन जनआस्थाले सार्वजनिक गरेको थियो भने सबै सञ्चारमाध्यमलाई जनआस्थाले नै प्रतिवेदन उपलब्ध गराएको थियो ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी छन् ।

उनले नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी छिन् ।

त्यस्तै चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय गरेकी छिन् ।

जेनजी आन्दोलनका विषयमा गौरी बहादुर कार्की आयोगले तयार पारेको प्रतिवेदन आजै दिउसो सञ्चार माध्यममा लिक भइसकेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi