काठमाठौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । बिहीबार बुधबारको तुलनामा सेयर कारोबार रकम भने घटेको हो ।
बिहीबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ बिन्दुमा पुगेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक २२।४५ अंकले घटेर २९३५।९४ बिन्दुमा थियो ।
आज नेप्से परिसूचक बढेको भएता पनि कारोबार रकम भने घटेको छ। बुधबार १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ रुपैयाँ बराबरको सेयर कारोबार बजारमा आज १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये १० उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी ३ उपसमूहको सेयर मूल्य घटेको छ। आज विकास बैंक, लाईफ इन्स्योरेन्स, टे«डिङ उपसमूहको सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सेयर सेयर मूल्य बढेको छ । यस उपसमूहको सेयर मूल्य १ प्रतिशतभन्दा धेरै बढेको हो ।
आज कारोबारमा आएको १७८ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी ८० कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य यथावत् रहेको छ । आज कारोबारमा आएको ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज आज रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्टइनको सेयर मूल्य १० प्रतिशत बढेको हो ।
प्रतिक्रिया दिनुहोस्