Skip to content

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै ६ खर्बको आयात

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा ५८ अर्ब ९१ करोड रुपैयाँ अर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ । गत आवको सात महिनामा भने पाँच अर्ब ३६ करोड ५५ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले यो नाका हुँदै आयात हुनेमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सरसमानको हिस्सा उल्लेखनीय रहेको बताए।

वीरगञ्ज हुँदै चालु आवको सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ मूल्य पर्ने पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको छ भने सोही अवधिमा ५२ अर्ब ७५ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात भएको छ ।

साथै ४२ अर्ब ४८ करोड रुपैयाँ मूल्य पर्ने मेसिनरी पार्टपुर्जा, ४१ अर्ब २० करोड रुपैयाँ मूल्य पर्ने भटमासको कच्चा तेल, ३० अर्ब ९१ करोड रुपैयाँ मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र पार्टपुर्जा, २८ अर्ब ५९ करोड रुपैयाँ मूल्य पर्ने मलखाद र २३ अर्ब ७१ करोड रुपैयाँ मूल्य पर्ने कपडाहरु आयात भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi