Skip to content

क्याप्टेनसहित ६ जना सवार मुस्ताङ हेलिकप्टर सुरक्षित भेटियो

nabil bank

काठमाडौं । सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। एएस–३५० मोडेलको उक्त हेलिकप्टर काठमाडौँ–चरिकोट–ल्हाप्चा–चरिकोट–काठमाडौँ उडानमा रहेको थियो।

स्थानीय स्रोतबाट प्राप्त जानकारी अनुसार हेलिकप्टर ल्हाप्चा गुम्बा नजिक सुरक्षित रूपमा अवतरण गरेको छ । उक्त हेलिकप्टरमा सवार सबै यात्रु तथा क्याप्टेन सकुशल रहेका छन् ।

ल्हाप्चाबाट चरिकोटतर्फ १२ः१७ बजे उडेको केही समयपछि हेलिकप्टरसँग सम्पर्क विच्छेद भएको थियो। हेलिकप्टरमा क्याप्टेन सुरज थापासहित पाँच जना यात्रु गरी जम्मा ६ जना सवार रहेका थिए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi