Skip to content

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

nabil bank

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ ।

सङ्घका अध्यक्ष डा हेमराज शर्माले विज्ञप्तिमार्फत शाहलाई प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी तथा ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गरे ।

अध्यक्ष शर्माले प्रधानमन्त्री शाहको कार्यकालमा सङ्घ र विदेशमा रहेका नेपालीले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो तथा विश्वसनीय साझेदारका रूपमा योगदान पु¥याउने अपेक्षा राखेको उल्लेख गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi