Skip to content

धितोपत्र बोर्ड संरक्षित भित्री कारोबार अब अन्त्य हुने, बालेन सरकारले पुँजी बजारमा गर्दैछ यस्तो सुधार

नयाँ वित्तीय उपकरण थप्ने, आईपीओ प्रणाली, बुक बिल्डिङमा सुधार गर्ने 

nabil bank
काठमाडौं ।  फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) करिब दुई तिहाइ मत पाएको छ ।
यो सँगै रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा आजै सरकार गठन भएको छ । दुई तिहाइ मत पाएर सरकार बनेपछि यो सरकारले आफ्नो बाचापत्र कार्यान्वयमा ल्याउने छ । निर्वाचनमा जानु पुर्व रास्वपाले आफ्नो बाचापत्र ल्याएको थियो ।
बाचापत्रमा पुँजी बजार सुधारका लागि धेरै योजना ल्याएको छ । रास्वपाले ल्याएको बाचापत्रमा पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने उल्लेख छ । पार्टीले धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्ने र पर्याप्त जनशक्ति तथा स्वायत्तता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।
बाचापत्र अनुसार, नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेड को पुनर्संरचना गरी निजी क्षेत्रको सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने योजना छ । यसैगरी, पुँजी बजारमा इन्ट्राडे कारोबार, शर्ट सेलिङ, फ्युचर्स, अप्सन र डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरी नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखिएको छ ।
पार्टीले इन्साइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलता नीति लागू गर्ने र आईपीओ प्रणालीमा सुधार गर्दै निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएको छ।
यसैगरी, बाचापत्रमा पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने योजना अघि सारिएको छ । यस अन्तर्गत धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्ने, पर्याप्त जनशक्ति र कार्यक्षमता अभिवृद्धि गर्ने तथा आवश्यक स्वायत्तता प्रदान गर्ने योजना बनाइएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनर्संरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने योजना रहेको छ।
पार्टीले पुँजी बजार कर नीति स्थिर र लगानीमैत्री बनाउने साथै ऋण बजार र बन्ड बजारको विकासका लागि सरकारी, स्थानीय तह तथा निजी क्षेत्रका बन्डलाई सक्रिय गर्ने योजना ल्याएको छ। वर्षौंदेखि रोकिएको गैर आवासीय नेपाली नागरिकलाई नेप्सेमा कारोबार गर्न सहज नीति लागू गरिने र वस्तु विनिमय बजार पनि यथाशीघ्र सञ्चालनमा ल्याइने पार्टीको प्रतिबद्धता रहेको छ।
विभिन्न किसिमका फण्ड, डेरिभेटिभ बजार तथा जोखिम व्यवस्थापन उपकरणहरू विकास गरेर पुँजी बजारलाई आधुनिक र विविधीकृत बनाइनेछ। साना लगानीकर्ताको हित रक्षाका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गरिने र सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको पारदर्शिता सुनिश्चित गर्न ‘स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
रास्वपाले पुँजीबजारलाई केवल काठमाडौँ केन्द्रित नबनाई डिजिटल माध्यमबाट देशैभरका नागरिक र युवालाई सहज पहुँच पुर्याउने र यसलाई देशको अर्थतन्त्रको वास्तविक ऐना तथा पुँजी निर्माणको प्रमुख आधारका रूपमा विकास गर्ने योजना रहेको जनाएको छ ।
यो प्रतिबद्धता कार्यान्वयन गर्ने जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको काँधमा रहेको छ ।  धितोपत्रले अहिले भित्री कारोबार गर्ने कम्पनीहरुलाई कारबाही भन्दा पनि संरक्षण गरेर राखेको छ । बोर्ड उच्च व्यवस्थापन र केही उच्च पदस्थ पदाधिकारीहरुको स्वार्थमा भित्री कारोबारलाई संरक्षण गरिरहेको छ ।
बोर्डले आँखुखोला जलविद्युत कम्पनीका अध्यक्षसहित २ सञ्चालकले गरेको कारोडौको भित्री कारोबारलाई अहिलेसम्म संरक्षण गर्दै आएको छ ।
यस्तै शिवम् सिमेन्टका तत्कालिन अध्यक्ष सुरेन्द्रकुमार गोयल लगायतले गरेको ६४ करोडको गैर कानूनी कारोबारलाई बोर्डले कारबाहीको दायरामा ल्याउनु भन्दा पनि संरक्षण गर्दै आएको छ । अब यस्ता कारोबारलाई रास्वापाको सरकारले कारबाहीको दायरामा ल्याउने बाचापत्रमा उल्लेख छ । बोर्ड निकट स्रोतका अनुसार कानून विपरित भएका यस्ता कैयन कारोबारलाई सेबोनले नै संरक्षण गरिरहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi