Skip to content

भक्तपुरबाट पक्राउ परेका ओली र लेखक काठमाडौं परिसर भद्रकालीमा

nabil bank

काठमाडौं । आज बिहानै पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

दुवै जनालाई आज बिहान भक्तपुरबाट पक्राउ गरिएको हो । प्रहरीले ओलीलाई गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरेको हो । उनीहरुलाई अहिले परिसरमा राखिएको प्रहरीको भनाइ छ ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गौरीबहादुर कार्की अध्यक्षतामा गठन भएको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखक सहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

शुक्रबार बालेन शाह नेतृत्व सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi