काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन् ।
नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले आफूले अध्यक्षबाट राजीनामा दिएको जनाएका छन् । उनले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको उनले जानकारी दिए । मन्त्रिपरिषद्को २०८१ जेठ २४ गतेको निर्णयअनुसार तीन वर्षका लागि भण्डारीलाई अध्यक्षमा नियुक्त गरिएको थियो ।
आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन विभिन्न चुनौतीका बीच निरन्तर प्रयास गर्दै पुराना मेसिनरी, प्रविधिगत सीमितता तथा आर्थिक अभावका बाबजुद उद्योगबाट हाल क्लिङ्कर उत्पादन र सिमेन्ट बिक्री प्रक्रियामा रहेको अध्यक्ष भण्डारीले बताए ।












प्रतिक्रिया दिनुहोस्