काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एंव नेपाली कांग्रेसका नेता रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको एकल इजलासले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । दुवै जनालाई प्रहरीले निजी निवासबाट पक्राउ गरेको थियो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका विषयमा अध्ययन गरेर गौरी बहादुर कार्कीले गरेको सिफारिसका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुले उक्त आन्दोलनमा दमन गराएको भन्दै आयोगले फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको छ ।












प्रतिक्रिया दिनुहोस्