काठमाडौं । प्रतिनिधिसभा नवनिर्वाचित सदस्यहरूले जेठ १० गतेसम्म सम्पति विवरण बुझाउनुपर्ने भएको छ ।
संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले नवनिर्वाचित सांसदहरुलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन भनेको हो ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ ।
‘प्रतिनिधि सभाका माननीय सदस्यहरुले मिति २०८३ जेठ १० गतेसम्म आर्थिक वर्ष २०८१÷०८२ को अद्यावधिक सम्पत्ति विवरण सिलबन्दी खाममा देहायको विवरणहरू उल्लेख गरी संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखा (भवन नं। १ को कोठा नं २०७) मा कार्यालय समयभित्र दर्ता गराउनुहुन निर्देशानुसार यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्