Skip to content

पूर्वगृहमन्त्री लेखक काठमाडौं जिल्ला अदालतमा

nabil bank

काठमाडौं । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका लेखकलाई आज अदालत उपस्थित गराइएको हो ।

जेनजी आन्दोलनका बिषयमा गौरीबहादुर कार्की नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक लगायतलाई दोषी ठहर्‍याउँदै कारबाही गर्न सिफारिस गरेको छ ।

जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा २४ सय भन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । यस्तै सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा तोडफोड तथा आगजनी भएको छ ।

आयोगले गरेको सिफारिस अनुसार बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । सोही अनुसार प्रहरीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi