काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तारेख बुझेका छन् ।
आज बिहान अदालत पुगेका लामिछानेले तारेख बुझेका हुन् । काठमाडौंंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछाने मुछिएका छन् ।
लामिछानेविरुद्ध २०८१ पुस २१ मा काठमाडौँ जिल्ला अदालतमा सङ्गठित रूपमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको भन्दै मुद्दा दायर भएको थियो । स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । सो मुद्दामा ३९ जना प्रतिवादी छन् ।
लामिछानेलाई सरकारी वकिलले ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो माग दाबी गरेका छन् ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धानले देखाएको छ ।












प्रतिक्रिया दिनुहोस्