Skip to content

अर्थमन्त्री वाग्लेसंग निजी क्षेत्रको पहिलो भेट: अब घुस खुवाउन, लाइन लाग्न र थुनिनु पर्दैन

nabil bank

काठमाडौं । नयाँ सरकारको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नियुक्त भएसंगै निजी क्षेत्रले पहिलो पटक उनलाई भेटेको छ । निजी क्षेत्रसंगको भेटमा अर्थमन्त्री डा.वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजममा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधीहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन । ‘लगानी बढाउनुस् रोजगारी बढाउनुस् देश बनाऔं, म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न । म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ,’ उनले भने ।

‘निजी क्षेत्रले अब दुःख पाउँदैन, हामी तपाईंहरूको सहयात्री हौँ ।अब घुस खुवाउन पर्दैन,लाइन लाग्न पर्दैन, निजी क्षेत्रका मानिस थुनिनु पर्दैन ।’ उनी भन्छन्, ‘आर्थिक बेइमानीमा हामी अब आर्थिक जरीवानामा जान्छौं । उद्योगी व्यापारी थुनिनु पर्दैन ।’

उनले राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नहोला भन्ने अपेक्षा रहेको बताए । ‘नियोजित बेइमानी कसैले गर्छ भने त्यसमा हामी निर्मम छौँ।’ उनी भन्छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi