Skip to content

सेयर बजारमा दोहोरो अंकको सुधार, पाँच कम्पनीमा सकारात्मक सर्किट 

nabil bank
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार देखिएको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक १९.७० अंकले बढेर २८५१.०९ बिन्दुमा पुगेको हो ।
सातको पहिलो कारोबार दिन आइतबार र दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको थियो । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ४७.७१ अंक घटेर २८३१.३९ विन्दुमा पुगेको थियो ।
आज सेयर बजार बढेको भएता पनि कारोबार रकम घटेको छ । सोमबार १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँबराबरको कारोबार भएको बजारमा मंगलबार ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएको ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन र सुपर खुदी हाइड्रोपावर सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi