काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने बताएका छन् ।
आज नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले चेम्बरका पदाधिकारीहरूलाई उँड्ने, फैलने सुविधा राज्यले दिने बताए उनले यो सरकार देश बनाउने हुटहुटी बोकेर आएको स्मरण गराउँदै अर्थतन्त्र बलियो बनाउनका लागि हातेमालो गर्न आग्रह गरे ।
उनले इमानदार उद्योगी व्यापारीहरू कानुनका कारण बदनाम बन्ने अवस्था आउन नदिन समेत आश्वासन दिए । उनले राज्यका कारण रोजगारी सृजना गर्नेले अब दुःख हैरानी नपाउनेर त्यसको ग्यारेन्टी गर्ने बताए ।
मन्त्री वाग्लेले उद्योग गर्न अर्थतन्त्र बनाउन राज्यले के के गर्नु पर्छ सबै गर्न तयार रहेको बताए उनले उद्योगी व्यवसायीलाई पनि इमानदार बनिदिन आग्रह गरे ।
‘‘मैले पटक पटक भन्ने गरेको छु । निजी क्षेत्र इमानदार भइदिनुस् । राज्यले दिलोज्यान दिएर तपाईंहरूलाई सहयोग गर्छ । म त्यसको जिम्मा लिन्छु तर, नियोजित र प्रायोजित गल्ति र बेइमानीमा भने हामी निर्मम हुन्छौँ’’ उनले भने ।
नेपाल एलडीसीमा स्तरोन्नति गइहाल्छ कि भन्ने निजी क्षेत्रको पिरलाई आफुले बुझेको बताए ।












प्रतिक्रिया दिनुहोस्