Skip to content

इन्धनको मूल्य दाेब्बर बढ्दा हवाई भाडा बढ्यो

nabil bank

काठमाडौं । वायु सेवा सञ्चालक संघले आज (फागुन १८ गते) बाट लागू हुनेगरी आन्तरिक हवाई भाडा वृद्धि गरेको जनाएको छ। संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मध्यपूर्व खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण हवाई इन्धनको मूल्य अत्यधिक बढेपछि भाडा समायोजन गरिएको हो।

संघका अनुसार नेपाल आयल निगमले आजबाट लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर १२४ रुपैयाँले बढाएर २५१ रुपैयाँ पुर्‍याएको छ। इन्धन मूल्यमा आएको झण्डै दोब्बर वृद्धिले वायुसेवा कम्पनीहरूको सञ्चालन खर्चमा ठूलो प्रभाव पारेको जनाइएको छ।

इन्धनको मूल्यवृद्धिसँगै सदस्य वायुसेवा कम्पनीहरूले आफ्नो लागत व्यवस्थापन गर्दै यात्रुलाई सेवा दिन हवाई भाडादर तथा हेलिकप्टर भाडादर पनि बढाउनुपरेको संघले जनाएको छ। नयाँ भाडादर आजैदेखि सबै उडानमा लागू गरिएको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi