Skip to content

सेयर बजारमा निरन्तर पहिरो, शासकीय सुधारको ४५ नम्बर बुँदाले त्रसायोः लगानीकर्ता

nabil bank

काठमाडौं । सरकारले शासकीय सुधारका लागि भन्दै १०० बुँदे कार्यसूची जारी गरे लगत्तै सेयर बजारमा पहिरो जान थालेको छ ।

गत शनिबार सरकारले कार्यसूची जारी गर्यो । त्यसयता सेयर बजारमा मंगलबार बाहेक गिरावट कायमै छ । बजारमा गिरावट आउनु मूख्य कारण उक्त सुधारमा रहेको ४५ नम्बर बुँदा भएको सेयर लगानीकर्ताहरुको तर्क छ ।

४५ नम्बर बुँदा मा ‘‘भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउन नेपाल राष्ट्र बैंकले १०० दिनभित्र बैंक खाता, डिजिटल वालेट, सेयर लगानी तथा अन्य वित्तीय गतिविधिहरूलाई समेट्ने समन्वित डिजिटल सम्पत्ति लगत (इन्ट्रिग्रेटेड डिजिटल एसेट रजिस्ट्रि) स्थापना गर्ने, सोमा जोखिममा आधारित सङ्केत प्रणाली लागू गर्ने तथा सन्देहास्पद कारोबारहरूको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अघि बढाउने’’ भनेको छ । यसले बजारमा असर गरेको एक लगानीकर्ताले बताए । अन्य लगानीकर्ता पनि यो भनाइमा सहमत छन् ।

सरकारले अबको १०० दिनपछि सबै आर्थिक गतिविधि डिजिटल रूपमा ट्र्याक गरेर, शंकास्पद कारोबारलाई स्वतः पत्ता लगाई, सम्बन्धित निकायलाई पठाएर भ्रष्टाचार नियन्त्रण गर्ने प्रणाली बनाउने योजना बनाएको छ । कुनै कैफियत देखिएमा अनुसन्धान गर्ने सम्बन्धित नियका, अख्तियार, प्रहरीमा फाइल पठाउने र ती निकायले अनुसन्धान गर्नेछन् ।

यो सरकारले शंकास्पद कारोबार र व्यक्तिको बैंक खाता, डिजिटल वालेट, सेयर लगानी, अन्य आर्थिक कारोबार प्रणालीले आफैँ निकाल्छ र त्यो कारोबार शंकास्पद हो की होइन भनेर पत्ता लगाउँछ । कारोबारीको धेरै ठूलो रकम आयो, आम्दानीसँग खच मिलेन, अप्रत्यासित लेनदेन भएको देखियो भने सरकारले कारबाहीको दायरमा ल्याउने तयारी गरेको छ ।

भ्रष्टाचार नियन्त्रण, सम्पत्ति शुद्धिकरण जस्ता विषय आउना साथ नेपाली सेयर बजार त्रसित हुने गरेको छ । अहिले त सरकारले शुसासनका विषयमा काम गर्न लागेको १०० बुँदामध्ये १ बुँदामा यो विषय प्राथमिकतामा राखेको छ । भ्रष्टाचार नियन्त्रणमा राष्ट्र बैंकलाई समय नै तोकेर काम गर्न निर्देशन दिएको छ । त्यसले बजारमा असर परेको लगानीकर्ताहरुको तर्क छ ।

यो साताको तीन कार्यदिनमा मात्रै सेयर बजार १९३.५२ अंकले घटेको छ । साताको पहिलो दिन ७३.४७, सोमबार ४४.७१ र आज बुधबार ७४.७३ अंकले घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi