Skip to content

सेयर बजारमा पहिरो: सबैसूचक घट्यो, कतिको भयो कारोबार ?

nabil bank
काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ७४.७३ अंकले घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार १९ अंकले बढेको सेयर बजार आज घटेको हो। यस हप्ताको सोमबारको कारोबारमा पनि सेयर बजार मापक नेप्से परिसूचक ४७.७१ अंक घटेर २८३१.३९ विन्दुमा पुगेको थियो ।
यसैगरी, आज कारोबार रकम भने बढेको छ । मंगलबार ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँ बराबरको सेयर बजारमा आज १२ अर्ब १० करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारका सबै समूहगत सूचक घटेका छन् । अन्य समूह सूचक सबैभन्दा धेरै ५.२६ प्रतिशत घट्यो । नेपाल पुनर्बीमा कम्पनीको मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशत घट्दा समग्रमा अन्य समूहको सूचक बढी प्रभावित भयो ।
त्यस्तै बैंकिङ २.३१, विकास बैंक ३.१८, फाइनान्स ३.०३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर २.८१, लगानी २.६७, जीवन बीमा २.०२, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा २.२२ र व्यापार समूह ३.९६ प्रतिशत घटे ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi