Skip to content

अमेरिकी दूतावासले नेपालका लागि ‘लेभल २’ ट्राभल एडभाइजरी जारी गर्यो

nabil bank

काठमाडौं । अमेरिकी दूतावासले नेपाल भ्रमण गर्ने लागि नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ। दूतावासले नेपाललाई ‘लेभल २’ मा राख्दै भ्रमणका क्रममा थप सतर्कता अपनाउन आग्रह गरेको हो।

दूतावासले ३१ मार्च २०२६ (२०८२ चैत १८ गते) मा जारी गरेको सूचना अनुसार नागरिक उथलपुथलका कारण सतर्क रहन भनिएको छ। सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएको देशव्यापी प्रदर्शन रोकिएको र सुरक्षा स्थिति स्थिर भए पनि  मूख्य सहरमा अझै स्थानीय अशान्ति हुन सक्ने दूतावासले जनाएको छ।

सूचनामा प्रदर्शनहरू कुनै पनि बेला हिंसात्मक हुन सक्ने चेतावनी दिइएको छ। त्यसैले अमेरिकी नागरिकलाई ठूलो भीडभाडबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न भनिएको छ। यस्तै, नेपालमा भूकम्प, बाढी र पहिरोको जोखिम रहेको समेत उल्लेख छ। विशेष गरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन समयमा भारी वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने तर्फ सचेत गराइएको छ।

स्वास्थ्य सेवाका सन्दर्भमा काठमाडौँका अस्पतालहरू तुलनात्मक रूपमा राम्रो भए पनि भीडभाड हुने र उपचार अघि नै पैसा तिर्नुपर्ने अवस्था रहेको दूतावासले उल्लेख गरेको छ। गम्भीर उपचारका लागि अर्को देश जानुपर्ने हुन सक्ने भएकाले ‘मेडिकल इभ्याकुएसन’ सहितको ट्राभल इन्स्योरेन्स अनिवार्य गर्न सुझाव दिइएको छ।

दूतावासले नेपाल भ्रमणमा रहेका वा आउन चाहने नागरिकलाई ‘स्मार्ट ट्राभलर एनरोलमेन्ट प्रोग्राम’मा सहभागी हुन र स्थानीय सञ्चार माध्यम मार्फत जानकारी लिइरहन आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi