काठमाडौं । नेपाली सेयर बजारमा मार्जिन कारोबार सुरु भएकोमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले खुसी भएका छन् ।
सरकार गठन भएयता सेयर बजारमा भारी गिरावट आएपछि आज अर्थ मन्त्रालयमा अर्थ सचिव, सम्बन्धित महाशाखा प्रमुख, धितोपत्र बोर्डका अध्यक्ष, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितको छलफलमा मन्त्री वाग्ले खुसी मुद्रामा देखिएका छन् ।
मार्जिन कारोबार सुुरुभ भएपछि यसले बजारमा तरलता बढाउँने, बजारको विकासमा सहयोग गर्ने, लामो समयदेखि छलफल भएको विषय कार्यान्वयमा आउँदा बजारलाई चलायमान बनाउनेमा मन्त्री विश्वस्त देखिएका छन् ।
बैठकमा यो एक विषयमा उत्साहित भएपनि उनी मन्त्री भएपछि बजारमा देखिएको राताम्मेले भने उनी निकै चिन्तित देखिएको छलफलमा सहभागी स्रोतको भनाइ छ ।
नयाँ सरकार गठन भएलगत्तै आएको सम्पत्ति शुद्धिकरणको विषयले बजारमा गिरावट आएको छ । यो विषयमा मन्त्रीले निकै चासोका साथ छलफल गरेको बताइएको छ ।
मन्त्री वाग्लेले यो विषयले लगानकिर्तामा परेको प्रभावलाई कसरी चिर्ने भनेर मन्त्रीको चासो । यसलाई कसरी चिर्ने भनेर सुझाव समेत लिएको बताइएको छ ।
आजको छलफलमा मन्त्री डा. वाग्लेले सेयर बजारलाई रिफर्म गर्नका लागि सरकारले जुनसुकै काम गर्न तयार रहेको भन्दै सम्बन्धित निकायलाई सोही अनुसार काम गर्न निर्देशन दिएको स्रोतको दाबी छ ।
मन्त्री वाग्लेले अबका दिनमा सरकारले लगानीकर्ताको हकहितमा काम गर्ने स्मरण गराउँदै सोही अनुसार काम गर्न सबैलाई आग्रह गरे । उनले सेबोन, नेप्सेलाई बाहिर लगानीकर्तालाई नआत्तिकन सुझबुझका साथ बजारमा लगानी गर्न प्रेरित गर्न आग्रह गरेको स्रोतको भनाइ छ ।
छलफलमा मन्त्री वाग्लेले सेबोनले ल्याउन लागेको अफ लाइन कारोबारको विषयमा पनि निकै चासो देखाएको बुझिएको छ । विदेशमा रहेका नेपालीका लागि पनि हुने गरी सेबोनले कारोबार समयपछि पनि अर्डर राख्न मिल्नेगरी अफलाइन कारोबार निर्देशन जारी गर्ने तयारी गरेको छ ।
विदेशमा रहेका नेपालीका लागि कारोबार समयपछि अर्डर राख्न सक्ने व्यवस्था गर्दा बजारले गति लिने भएकाले पनि यो बजारको हितमा हुने मन्त्री वाग्लेले छलफलमा बताएको स्रोतको दाबी छ ।
उनले लामो समयदेखि बजारमा माग भएका यस्ता व्यवस्था छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन समेत निर्देशन दिएको बताइएको छ । यसले बजारमा डिमान्ड बढाउने बताइन्छ । सेबोनले यो निर्देशन ल्याउने काम अन्तिम चरणमा पुर्याएको जनाएको छ । यस्तै सेबोनले इन्ट्रा डे कारोबार पनि सुुरु गर्ने तयारी गरेको छ । यो विषयमा पनि मन्त्रीलाई जानकारी गराइएको छ ।












प्रतिक्रिया दिनुहोस्