काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८३ को अवसर पारेर ‘बजाज न्यू इयरको क्युआर’ नामक विशेष उपहार योजना सार्वजनिक गरेको छ ।
‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने’ भन्ने मुख्य नाराका साथ ल्याइएको यस योजनाले ग्राहकहरूलाई डिजिटल माध्यममार्फत मनोरञ्जनका साथै पुरस्कार जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरूले बजाजका आधिकारिक शोरुमहरू, विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल वा अन्य स्थानमा राखिएका क्युआर कोड स्क्यान गरेर गेम खेल्न सक्नेछन् ।
पुरस्कारको हकमा हरेक दिन सहभागीहरूमध्येबाट एक जना भाग्यशाली विजेताले ‘स्मार्ट वाच’ जित्नेछन् । यसका साथै, बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि थप आकर्षक योजना रहेको छ। खरिदकर्ताहरूले अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार र अन्य विभिन्न उपहारहरू जित्ने अवसर पाउनेछन् ।
कम्पनीका अनुसार हालसम्म क्युआर कोड मुख्यतया भुक्तानीका लागि प्रयोग हुँदै आएकोमा अब ग्राहकहरूले सोही माध्यमबाट नगद र उपहार जितेर नयाँ अनुभव लिन सक्नेछन् ।
यस योजनाबारे जानकारी दिँदै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै हामीले ग्राहकहरूलाई नयाँ र रोचक अनुभव दिन खोजेका हौं । क्युआर स्क्यान गरेर नगद जित्ने अवसरले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास लिएका छौँ ।’ यो योजना देशभर रहेका बजाजका सबै आधिकारिक शोरुमहरूमा लागू हुनेछ ।












प्रतिक्रिया दिनुहोस्