Skip to content

सेयर धितोमा जाने कर्जा ११.१ प्रतिशत बढ्यो, १ खर्ब ५६ अर्बभन्दा धेरै लगानी

nabil bank

काठमाडौं । सेयर धितोमा जाने कर्जा उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा सेयर धितोमा जाने कर्जा ११.१ प्रतिशतले बढेको हो ।

फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल मार्जिन प्रकृतिको कर्जा १ खर्ब ५६ अर्ब २७ करोड ९४ लाख रुपैयाँ प्रवाह गरेका छन्।  गत असार मसान्तमा यस्तो कर्जा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै बैंकहरूले १५ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । चालु आर्थिक वर्षको आठ महिनामा सबैभन्दा धेरै कर्जा १ करोड रुपैयाँभन्दा माथिका लगानीकर्ताले लिएका छन् ।

फागुन मसान्तसम्म १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा फागुन मसान्तसम्म १ खर्ब ९ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ पुगेको छ। १ करोडभन्दा माथिको सेयर धितोकर्जा आठ महिनामा मात्र १० अर्ब ७१ करोड ८८ लाख रुपैयाँ लगानी भएको छ । यस्तो कर्जा यस अवधिमा १०.८ प्रतिशत बढेको हो।

यसैगरी, यस अवधिसम्म आउँदा २५ लाख रुपैयाँभन्दा कमको कर्जा ७.१ प्रतिशत बढेको छ । फागुन मसान्तसम्म यस्तो कर्जा लगानी ८ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा २५ लाखदेखी माथिको कर्जा ५७ करोड ६९ लाख रुपैयाँ लगानी भएको छ ।

यता यस अवधिमा २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १९ अर्ब ६ करोड १६ लाख रुपैयाँ र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १८ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा ५० लाखदेखि १ करोडसम्मको कर्जा लिने सेयर लगानीकर्ताको संख्या १७.४ प्रतिशतको बढेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi