Skip to content

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

nabil bank

काठमाडौं । शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार काठमाडौंबाट अग्रवाललाई नियन्त्रणमा लिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालविरुद्ध छानबिन अघि बढाइरहेको र सोही प्रक्रिया अन्तर्गत उनलाई पक्राउ गरी उपस्थित गराइदिन ब्युरोलाई पत्र पठाएको थियो। विभागको आग्रहअनुसार ब्युरोले उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

अग्रवालको सम्पत्ति स्रोत, कारोवार र वित्तीय क्रियाकलापसम्बन्धी थप विवरणमा विभागले अनुसन्धान जारी राखेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi