काठमाडौ । विश्वप्रख्यात अमेरिकी घरायासी उपकरण ब्रान्ड ब्ल्याक डेकरले आफ्नो ११६ वर्ष लामो आविष्कार र उत्कृष्टताको विरासतलाई निरन्तरता दिँदै नेपाली उपभोक्ताहरूका लागि नयाँ वर्ष २०८३ विशेष उपहार योजना घोषणा गरेको छ ।
नेपालका लागि आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले ुुऔन दी फिचर। औन दी ब्ल्याक डेकर” नामक यस अभियानमार्फत ग्राहकहरूको नयाँ वर्षलाई थप उत्साहजनक बनाउने लक्ष्य राखेको छ । सन् १९१० देखि नवप्रवर्तन र दक्षतामा आधारित उपकरणहरू निर्माण गर्दै आएको यस ब्रान्डले आफ्ना प्रिमियम उत्पादनहरूको खरिदमा आकर्षक उपहार र वैदेशिक भ्रमणको अवसर प्रदान गरेको हो।
यस विशेष योजना अन्तर्गत ब्ल्याक डेकरका उपकरणहरूको खरिदमा ग्राहकहरूले विभिन्न घरायासी उपकरणहरूको खरिदमा इलेक्ट्रिक केटल, किचन एप्रोन, एरोमा किट वा डिस्पोजेबल एयर फ्रायर लाइनर्स जस्ता उपयोगी सामग्रीहरू पाउनेछन् । बम्पर लक्की ड्र अभियानको अन्त्यमा भाग्यशाली विजेताहरूले अविस्मरणीय भियतनाम भ्रमण तथा मेघौली सराहीमा लक्जरी स्टे जित्ने सुवर्ण अवसर प्राप्त गर्नेछन्।
यस योजनामा सहभागी हुन ग्राहकहरूले ब्ल्याक डेकरको कुनै पनि उपकरण खरिद गरी सामानमा उपलब्ध त्तच् कोड स्क्यान गर्नुपर्नेछ। आफ्नो विवरण डिजिटल रूपमा दर्ता गरेपछि ग्राहकहरू स्वतः बम्पर लक्की ड्रको प्रक्रियामा सामेल हुनेछन्।
यो योजना चैत २२ गतेदेखि देशभरका सिजी डिजिटल शोरुमहरू, एलजी शपी तथा आधिकारिक विक्रेतामार्फत सीमित अवधिका लागि लागू गरिएको छ। ग्राहकहरूको सहजताका लागि कम्पनीले नागरिकता मात्र भए पुग्ने ‘सजिलो इएमआई’ सुविधा समेत उपलब्ध गराएको छ। नेपालमा उपलब्ध सबै उत्पादनहरूमा २४ महिनाको वारेन्टी प्रदान गरिएको छ। साथै, सिजी इलेक्ट्रोनिक्सले आफ्नो देशभर रहेका ४० वटा सेवा केन्द्रहरू र मजबुत सर्भिस नेटवर्कमार्फत उत्कृष्ट बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।












प्रतिक्रिया दिनुहोस्