Skip to content

अर्थमन्त्री वाग्लेको सम्पत्तिः धुलिखेलमा अपार्टमेन्टसहित ४ वटा घर, बैंकमा १ करोड ९० लाख, सेयरमा करोडौंको लगानी

४५ तोला सुन, ९४ लाखको गाडी

nabil bank

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सम्पत्ति विवरणमा चारवटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्बजनिक गरेको सम्पत्ति विवरणमा ललितपुरको सानेपामा ९अपार्टमेन्ट० २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख छ ।

आम्दानीको स्रोतको अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी लिएको उल्लेख छ । उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको छ ।

उनको नाममा काठमाडौं, गोरखा, चितवन र तनहुँमा १७ रोपनी ५ कठ्ठा जग्गा रहेको छ । यस्तै ४५ तोला सुन, सानिमा मिडल तमोर ७१ हजार ९३ कित्ता र साग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता सेयर रहेको छ ।

यस्तै ४ करोड ५० लाख रुपैयाँको विभिन्न कम्पनीमा सेयर रहेको छ । उनको नाममा ९४ लाखको गाडी पनि छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi