Skip to content

सुनचाँदीको मूल्य थोरै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आज सुनचाँदीको मूल्य थोरै बढेको छ । शुक्रबारको तुलनामा आज आइतबार सुन चाँदीको मूल्य थोरै बढेको हो ।

आज सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आजको बजारमा चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार चाँदी तोलाको ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi